उच्च अदालत पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको छ । तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
आदेशविरुद्ध शाह उच्च उदालत पोखरा गएका थिए । बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो ।