१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १९ बिहीबार १०:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री 

Read Time : < 1 मिनेट
२०७९ जेठ १९ बिहीबार १०:१५:००

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाएका छन् । हेटौँडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले  प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई दिएको हो ।

पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छन् । जिम्मेवारीप्राप्त खत्री हाल भक्तपुर जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए । उनी विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न थिए ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।