Skip This
बजेटले घ्यू र तेल उद्योगीलाई असर पारेको व्यवसायीको दाबी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Friday, 26 July, 2024
२o७९ जेठ १९ बिहीबार o६:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेटले घ्यू र तेल उद्योगीलाई असर पारेको व्यवसायीको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार o६:५o:oo

वनस्पति घ्यू–तेल उद्योगीले आगामी आर्थिक वर्षको बजेटले उद्योगलाई असर पारेको बताएका छन् । भन्सारदर हेरफेरले स्वदेशी उद्योगहरू संकटमा पर्ने नेपाल वनस्पति घ्यू–तेल उत्पादक संघले जनाएको छ । संघले बजेटमार्फत आएको निर्णय सच्याउन सरकारलाई ध्यानाकर्षण गराएको हो । तेल उद्योगहरूले ल्याउने कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल लाग्ने, तर बिस्कुट, चाउचाउ उद्योगका लागि भन्दै पाम र पामोलिन तेल आयातका लागि पाँच प्रतिशत मात्रै भन्सार शुल्क तोकिनु नै विरोधाभासपूर्ण रहेको संघले जनाएको छ । 

प्रशोधित सबै प्रकारका तेल आयातमा यसअघि १५ प्रतिशत महसुल तोकिएको थियो । प्रशोधितभन्दा कच्चा पदार्थको भन्सार शुल्क एक तह कम हुने सरकारी नीतिको यो व्यवस्थाले उल्लंघन गरेको संघको ठहर छ । नयाँ व्यवस्थाले कच्चा पदार्थभन्दा बढी मूल्यमा तयारी माल आयात हुने र स्वदेशी उद्योग संकटतिर जाने संघको ठम्याइ छ । नेपालबाट चालू आर्थिक वर्षको वैशाखसम्म १० महिनामा ८७.६० अर्बबराबरको वनस्पति तेल भारत निकासी भएको संघले जनाएको छ ।