मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Saturday, 12 July, 2025
सौरभ यादव राजविराज
२o७९ जेठ १७ मंगलबार १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीको खडक नगरपालिकाको निर्णय– विद्यार्थीलाई निःशुल्क पोसाक 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार १७:५१:oo

सप्तरीको खडक नगरपालिकाका नवनिर्वाचित मेयर जयप्रकाश चौधरीले नगरभरिका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोसाक प्रदान गर्ने निर्णय गरेका छन् । पदभार ग्रहणपछि मेयर चौधरीले पहिलो निर्णय नगरभरिका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पाइन्ट, सर्ट, जुत्ता र टाईसहितको पोशसक निःशुल्क प्रदान गर्ने निर्णय गरेका हुन् ।

‘पहिलो चरणमा प्राथमिक तहमा, दोस्रो चरणमा निम्न माध्यमिकमा र तेस्रो चरणमा माध्यमिक तहका विद्यार्थीलाई पोसाक निःशुल्क प्रदान गरिनेछ,’ प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले भने–‘आगामी वर्षको शिक्षा क्षेत्रअन्तर्गत पोसाकको लागि बजेट छुट्याइनेछ ।’

यस्तै, नगरभरिका गर्भवती महिलाका लागि भिडिओ एक्सरे सेवा निःशुल्क र नगरबाहिरकालाई ५० प्रतिशत शुल्क लिई सेवा दिने निर्णय भएको कर्णले बताए । ‘भिडिओ एक्सरे मेसिन खरिद भइसकेको छ,’ उनले भने–‘सो सेवा सुरु गर्न केही समय लाग्छ ।’

यस्तै, नगरपालिकाअन्तर्गतका कार्यालयहरूमा सिसिक्यामेरा र विद्युतीय हाजिरी प्रणाली जडान गरी अनलाइन सुपरीवेक्षण र अनुगमनको व्यवस्था गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्णय पनि भएको कर्णले जानकारी दिए ।