१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १४ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १४ शनिबार ११:४७:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कष्टकर बन्दै राजधानीको यात्रा (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १४ शनिबार ११:४७:oo

देशको राजधानी काठमाडौंमा दिन प्रतिदिन यात्रा कष्टकर बन्दै छ। यहाँका सडकमा गुड्ने सार्वजनिक यातायातमा अत्याधिक भिड लाग्ने गर्छ। जनघनत्वको चाप र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नसक्दा काठमाडौंमा भनेजस्तो यात्रा गर्न सहज छैन। सार्वजनिक यातायात चढ्दा सर्वसाधारणले भोग्नुपर्ने सास्तीलाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरूले तस्बिरमा कैद गरेका छन्।

एकातिर सार्वजनिक यातयात अव्यवस्थित र असुरक्षित छ भने अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्यमा पुग्न कठिन छ।

नियमानुसार सिटभन्दा बढी यात्रु राखे ट्राफिक कारबाही भोग्नुपर्छ। तर, ट्राफिक प्रहरीकै अगाडि यात्रु कोचेर सार्वजनिक बस चलाउने गरिएको छ। यसरी चलाएबापत सार्वजनिक यातायातले दण्डित हुनुपर्दैन। गाडी नपाउँदा यात्रु पनि कोचिएर/झुन्डिएर यात्रा गर्न बाध्य छन्।

शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले अन्य दिन सडकमा भिड बढी देखिन्छ। निजी तथा सरकारी कार्यालय एकै समयमा खुल्नु पनि यसको एउटा कारण हो। टुँडिखेल आसपास बजारको बिस्तार, चक्रपथबाहिर सरकारी तथा कर्पोरेट कार्यालय नहुनुले पनि सार्वजनिक यातयात भरिभराउ हुन्छन्।

राजधानीमा न त व्यवस्थित बसपार्क नै छ। पछिल्लो समय बसपार्कमा पुगेर आरामले बस चढ्न र गन्तव्यमा जान सक्ने अवस्था छैन।