मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ८ आइतबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या

Read Time : < 1 मिनेट
२०७९ जेठ ८ आइतबार १४:४४:००

सिराहामा धारिलो हतियार प्रहार गरी बाबु र छोराको हत्या भएको छ। अर्नमा गाउँपालिका– १ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार पालको घरमै सुतिरहेका अवस्थामा हत्या भएको हो।

दुवैको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सन्तकुमारको जेठ ११ मा विराटनगरमा विवाह हुन लागेको थियो। घरमा अबेर रातिसम्म विवाह गीतमा छिमेकीहरूको सहभागिता रहेको थियो।  विवाह गीत सकेपछि सबैजना करिब १२ बजेतिर सुत्न गएका थिए।

उनीहरू दुवैजनाको हत्या राति करिब २ बजे भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बुबा र छोरा अलग–अलग कोठामा सुतेका थिए। उनीहरूको सुतिरहेकै ठाउँमा धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सन्तकुमारसँग गाउँकै १०–१२ वर्षका बालक सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्य र गाउँलेलाई सुनाएका थिए।

घटनाको जानकारी पाएपछि बिहान करिब ४ बजे प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताए। अनुसन्धानमा कुकुरको समेत प्रयोग गरिएको र अहिलेसम्म कसैलाई पक्राउ नगरिएको डिएसपी बुढाथोकीले बताए।