१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Wednesday, 03 July, 2024
२o७९ जेठ ४ बुधबार १४:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भैरहवामा विजय जुलुसमा हिँडेको मिनिट्रक दुर्घटना हुँदा २४ घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार १४:२३:oo

भैरहवामा विजय जुलुसमा सहभागी मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । सिद्धार्थनगर नगरपालिका– १० को विजय जुलुसमा प्रयोग भएको मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका हुन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  मतगणनास्थल भैरहवा नमुना मावीदेखी हिँडेको लु.१ख ८०७८ नम्बरको मिनिट्रक बुधबार मध्याह्न दुर्घटनामा परेको हो । नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारको विजय र्‍यालीमा प्रयोग भएको गाडी सिद्धार्थनगर– १०, शंकरपुरमा दुर्घटना भएको हो । 

दुर्घटनामा परी सिद्धार्थनगर नगरपालिका– १० का ३५ वर्षीय बुद्धकुमार मुराउ, ५५ वर्षीय लक्ष्मण पासी, ६० वर्षीय हाँसी राजी लोनिया, २२ वर्षीय बुद्धिराम केवट, १४ वर्षीय राजीव केवट र १६ वर्षीय शैलेश हरिजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको यकिन विवरण आउन बाँकी छ । सिद्धार्थनगर– १० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । 
 

ad
ad
ad
ad