१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका कठायत चन्दननाथको मेयरमा निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:४५:oo

जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएका छन् । उनी दुई हजार चार सय तीन मतसहित  चन्दननाथको मेयर पदमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसका पदमबहादुर शाहीले  दुई हजार तीन सय ४१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । यस्तै, कांग्रेसकी रामदेवी खड्का दुई हजार आठ सय आठ मत प्राप्त गर्दै उपमेयरमा विजयी भएकी छिन् । 

चन्दननाथको मेयरमा निर्वाचित कठायत कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । यहाँको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिकामा सबै ठूला राजनीतिक दलहरूको आँखा गड्ने गरेकाे छ । तर, ठूला राजनीतिक दलहरूलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार कठायत मेयर पदमा विजयी भएका हुन् । 
 

ad
ad