१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

दोधाराचाँदनीमा श्रीमान्–श्रीमती वडासदस्यमा निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३७:oo

श्रीमान् एमालेबाट र श्रीमती कांग्रेसबाट चुनाव लडेका थिए

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एकदम्पती (श्रीमान्–श्रीमती) निर्वाचित भएका छन् । दोधाराचाँदनी नगरपालिका- ७ मा सन्दीप उपाध्याय र कमला उपाध्याय (श्रीमान्–श्रीमती)  निर्वाचित भएका हुन् । 

सन्दीप एमालेबाट र कमला कांग्रेसबाट चुनाव लडेका थिए । श्रीमान्–श्रीमती दुवै फरक–फरक पार्टीबाट चुनावमा लड्दा पनि उनीहरूले नै जित हात पारेका छन् । 

एमालेबाट चुनावमा होमिएका सन्दीपले सात सय ५५ र कांग्रेसबाट कमलाले सात सय ९२ मत ल्याएर वडासदस्यमा निर्वाचित भएसँगै उपाध्याय परिवारमा खुसी छाएको छ । सन्दीप जेठी श्रीमतीसँगै वडासदस्यमा निर्वाचित भए भने उनकी  कान्छी श्रीमती घरगृहस्थीमा व्यस्त छिन् । उनले दुई विवाह गरेका छन् । 
 

ad
ad