Skip This
सोलुखुम्बुको नेचासल्यानमा कांग्रेसका धनजन र विनाको जित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
सोनी राई सोलुखुम्बु
२o८१ बैशाख २८ शुक्रबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सोलुखुम्बुको नेचासल्यानमा कांग्रेसका धनजन र विनाको जित

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:५७:oo

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित बनेका छन् । नेकपा एमालेका उम्मेदवार डुफकुमार बास्तोला र सिर्जना राईलाई फराकिलो मतान्तरले पछि पार्दै कांग्रेसका धनजन राई र विना राई पालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित बनेका हुन् ।

कांग्रेसका राईले दुई हजार पाँच सय ६९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका बास्तोलाले दुई हजार तीन सय १३ मत प्राप्त गरे । राई र बास्तोलाबीचमा दुई सय ५६ मतान्तर रहेको छ । उपाध्यक्षमा विना राईले एक हजार एक सय २५ मतान्तरले विजय हासिल गरिन् । एमालेकी सिर्जना राईले एक हजार सात सय ८१ मत प्राप्त गर्दा निर्वाचित राईले दुई हजार नौ सय ६ मत पाएकी थिइन् ।

पालिका अध्यक्ष राई नेपाली कांग्रेस प्रदेश सभा ‘क’ का सभापति हुन् भने उपाध्यक्ष राई पूर्वपत्रकार हुन् । माओवादी केन्द्रबाट पालिका अध्यक्षका उम्मेदवार भूपेन्द्र कट्टेलले एक हजार एक सय १९ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षका उम्मेदवार डिल्ली राईले आठ सय २७ मत प्राप्त गरे । ५ वडा रहेको नेचासल्यानमा १, २ र ४ कांग्रेस, ३ माओवादी केन्द्र र ५ मा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

ad
ad