मतगणनामा बस्ने प्रतिनिधिको विषयलाई लिएर विवाद उत्पन्न हुँदा मेचीनगरमा मतगणना स्थगित भएको छ । एमालेले गणनास्थलमा बढी प्रतिनिधि राख्न खोजेपछि माओवादी केन्द्रले आपत्ति जनाएको थियो ।
माओवादी केन्द्र गणनास्थल छाडेर बाहिरिएको छ । मतगणनाका लागि सहमतिको प्रयास भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।