मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ३० शुक्रबार o७:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शीर्ष नेताले कहाँबाट गर्दै छन् मतदान ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार o७:१८:oo

राष्ट्रपतिको मतदानको टुंगो छैन, उपराष्ट्रपतिले मतदान नगर्ने 

स्थानीय निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान गर्ने कि नगर्ने भन्ने अझै टुंगो लागिसकेको छैन । राष्ट्रपतिमा निर्वाचित भएयता उनले कुनै पनि निर्वाचनमा मतदान गरेकी छैनन् । शुक्रबारको निर्वाचनमा भण्डारीले मतदान गर्ने÷नगर्ने विषय टुंगो नलागेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले भने स्थानीय तह निर्वाचनमा मतदान गर्नेछैनन् । उपराष्ट्रपति पद अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले पदमा निर्वाचित भएपछि उनले यसअघिका मतदान गरेका छैनन् । उपराष्ट्रपति पुनका प्रेस सल्लाहकार मनोज घर्तीमगरले पुनले देशको अभिभावकीय भूमिकामा रहेकाले कुनै दलका उम्मेदवारलाई मतदान नगर्ने बताए । उनको मतदान केन्द्र रोल्पाको परिवर्तन गाउँपालिका–२ मा छ ।

शेरबहादुर देउवा : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्नेछन् । उनी एक सातादेखि गृहप्रदेश सुदूरपश्चिममा छन् ।

अग्निप्रसाद सापकोटा : सभामुख सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या मावि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

गणेशप्रसाद तिमल्सिना : राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नेछन् । 

केपी ओली : एमाले अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय ‘क’ केन्द्रमा मतदान गर्नेछन् । 

पुष्पकमल दाहाल प्रचण्ड : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित नेपाल प्रहरी विद्यालय शान्तिपुर मतदान केन्द्रमा मतदान गर्नेछन् । 

माधवकुमार नेपाल : एकीकृत समाजवादीका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को कन्या आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्नेछन् ।

डा. बाबुराम भट्टराई : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ को अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नेछन् ।

उपेन्द्र यादव : जनता समाजवादी पार्टीका अध्यक्ष यादवले मोरङको विराटनगरस्थित स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा मतदान गर्नेछन् ।

महन्थ ठाकुर : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरले सर्लाहीको बलरा नगरपालिका पुगेर मतदान गर्ने भएका छन् । 

कमल थापा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका–५ पिप्लेस्थित बालज्योति माविमा मतदान गर्नेछन् ।

रामचन्द्र पौडेल : कांग्रेस नेता पौडेलले तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् ।

झलनाथ खनाल : एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले इलामको सूर्योदय नगरपालिका–९ करफोकस्थित करफोक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

ईश्वर पोखरेल : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौंको टोखा नगरपालिका–६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

शेखर कोइराला : कांग्रेस नेता कोइरालाले मोरङको विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविबाट मतदान गर्नेछन् ।

शंकर पोखरेल : एमाले महासचिव पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका बिजौरीमा मतदान गर्नेछन् । 

वर्षमान पुन : माओवादी केन्द्रका नेता पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् ।

नारायणकाजी श्रेष्ठ : माओवादीका नेता श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ स्थित परोपकार माविबाट मतदान गर्नेछन् ।

गगन थापा : काठमाडौं महानगरपालिका–३० को मैतीदेवी मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

विश्वप्रकाश शर्मा : कांग्रेस महामन्त्री शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि माविको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

कृष्णप्रसाद सिटौला : कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले भद्रपुर–१० स्थित कलवलगुढी प्रशिक्षण केन्द्रको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

राजेन्द्र लिङ्देन :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले हल्दिबारी–१ स्थित नुनथला आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

नारायणमान बिजुक्छे : नेमकिपा अध्यक्ष बिजुक्छेले बिजुक्छेले भक्तपुर नगरपालिका–५ स्थित दरवार स्क्वायरमा रहेको विद्यार्थी निकेतन माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् ।

चित्रबहादुर केसी : राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा मतदान गर्ने छन् ।