मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २९ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २९ बिहीबार १४:१४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ मतदानस्थल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २९ बिहीबार १४:१४:oo

भोलि हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा एक सय ५६ केन्द्र र तीन सय ६३ मतदानस्थल तोकिएको छ। तीन लाख दुई सय ४२ मतदाता रहेको काठमाडौं महानगरको वडा नं. १६ मा सबैभन्दा धेरै २० हजार एक सय ७५ मतदाता छन्। धेरै मतदाता हुने दोस्रोमा वडा नं. ३२ हो। यस वडामा १८ हजार नाे सय १३ मतदाता छन्।

वडा ३१ मा १८ हजार एक सय सातजना मतदाता  छन्। त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो। यस वडामा ३ हजार सात सय २९ मतदाता छन्। वडा नं. २३ मा चार हजार चार सय ७७ मतदाता छन्। वडा २० मा चार हजार ६ सय १४ मतदाता छन्।

काठमाडौं महानगरमा एक सय ५६ मतदान केन्द्र तोकिएका छन्। यसमा तीन सय ६३ वटा मतदानस्थल छन्। वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो। यहाँ ११ केन्द्र छन्। यसैगरी वडा १६ मा १० केन्द्र छन्। यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ। वडा ७ र ३२ मा नाै–नाैवटा केन्द्र छन्। सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नंं. हो। यसमा एउटा मात्र केन्द्र छ। वडा १९, २० र २४ मा दुई–दुईवटा मात्र केन्द्र छन्। यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा तीन–तीनवटा मतदान केन्द्र छन्।

सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो। यस वडामा २३ वटा बुथ छन्। वडा ३१ र ३२ मा २२–२२ वटा मतदानस्थल छन्। धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं. हो। यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ। रासस