मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २५ बिहीबार o९:५१:oo
Read Time : < 1 मिनेट
अर्थ

साना किसानको लाभांश पारित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार o९:५१:oo

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बसेको साधारणसभाले गत आवको नाफाबाट सेयरधनीलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश पारित गरेको हो ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणका विषय पनि टुंग्याएको छ । लघुवित्तका अनुसार अघिल्लो आव ०७९/८० मा ७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आव ०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख पुगेको छ ।

आव ०७९/८० मा कुल सञ्चालन आम्दानी रु. १ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव  ०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब १९ करोड ४१ लाख पुगेको छ । त्यस्तै, चालू आवमा संस्थाको जारी र चुक्तापुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रहेको बताइएको छ ।