पाँच महिनामा नेपाल प्रहरीले पाँच हजार ८४६ हजार फरार प्रतिवादी पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अदालतबाट दोषी ठहर भएका फरार अपराधीहरू पक्राउको अभियानअन्तर्गत उनीहरू पक्राउ परेका हुन्।
उनीहरूबाट एक हजार ९६८ वर्ष कैद असुल भएको छ। त्यस्तै, ४३ करोड पाँच लाख ४२ हजार ५४ रुपैयाँ जरिवाना असुल भएको प्रहरीले जनाएको छ।
यो अवधिमा सबैभन्दा धेरै मधेश प्रदेशमा एक हजार ५९४ जना पक्राउ परेका छन्। कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन अदालतबाट दोषी ठहर भएकाहरूलाई देशभरि पक्राउको अभियान नै चलिरहेको प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारी बताउँछन् ।