मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ पौष २५ बिहीबार o९:३३:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतमा सडक दुर्घटनाका घाइतेहरूको खर्च सरकारले व्यहोर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार o९:३३:oo

सन् २०२४ मा भारतमा सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार व्यक्तिको मृत्यु भएको सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले जनाए । उनका अनुसार सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् ।

त्यस क्रममा गडकरीले सडक दुर्घटनामा परी घाइते भएकाहरूको निःशुल्क उपचारको नयाँ योजनाको सुरुवात भएको घोषणा गरे । नयाँ व्यवस्थाअनुरूप दुर्घटनालगत्तै २४ घण्टाभित्र प्रहरीमा सूचना गराएर भर्ना भएका बिरामीको सात दिनको उपचार खर्च वा उपचारका लागि अधिकतम एक लाख ५० हजार भारतीय रुपैयाँसम्म उपलब्ध गराइनेछ ।

सडक दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका लागि दुई लाख भारतीय रुपैयाँ पनि उपलब्ध गराउने व्यवस्थासमेत गरिएको गडकरीले बताए ।