१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २९ बिहीबार
  • Wednesday, 26 June, 2024
२o७९ बैशाख २९ बिहीबार १o:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विप्लव नेतृत्वको नेकपाले चुनावमा भाग लिएपछि ‘सुरक्षा थ्रेट’ कम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २९ बिहीबार १o:o९:oo

रोल्पामा निर्वाचनका लागि ‘थ्रेट’ मानिएको विप्लव नेतृत्वको नेकपा स्वतन्त्रको नाममा निर्वाचनमा होमिएपछि निर्वाचन शान्तिपूर्ण हुने अपेक्षा गरिएको छ । यसअघि जस्तो सुरक्षा संवेदनशीलता खासै नरहेको भन्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबै किसिमको सुरक्षा तयारी गरिएको जानकारी दिए ।  जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका साथै म्यादी प्रहरीसहितको संयुक्त सुरक्षा फौज परिचालन गरिएकाले निर्वाचन शान्तिपूर्ण हुने सापकोटाले बताए ।

अघिल्ला चुनावहरूमा सशक्त बहिष्कारको नीति लिएको विप्लव नेतृत्वको नेकपासमेत अहिले स्वतन्त्र रूपमा मैदानमा छ । रोल्पामा नेकपाका केन्द्रीय सदस्य चूडामणि वलीसहित करिब एक दर्जन नेता तथा कार्यकर्ता उम्मेदवारका रूपमा मैदानमा छन् । 

‘जनतामा गएर आफूलाई परीक्षण गर्ने कुरा कुनै पनि राजनीतिक शक्तिका लागि स्वाभाविक हो,’ नेकपा रोल्पाका इन्चार्ज केशबहादुर बाँठाले भने, ‘निर्वाचन भाग लिने कुरा कार्यनीतिक कुरा मात्र हो, हामी रणनीतिक रूपमा आफ्नो लक्ष्य र योजनप्रति अडिग छौँ ।’ 

नेकपा नेता बाँठाले अगाडि पछाडिको कुराभन्दा पनि अहिलेको अवस्थाको विश्लेषण गरेर निर्वाचनलाई उपयोग गरिएको बताए । निर्वाचन सम्पन्न गर्न नेकपाबाट कुनै पनि सुरक्षा थ्रेट नभएको र आफूहरूले सबै नियम–कानुन मानेर निर्वाचनमा भाग लिएको बताए । चुनावमा भाग लिएका दल तथा दलका कार्यकर्ताहरूको अस्वस्थ गतिविधिले सुरक्षा थ्रेट हुन सक्ने सुरक्षा निकायको आकलन छ ।

८१ मतदानस्थल र एक सय ७३ मतदान केन्द्र रहेको रोल्पामा २९ मतदानस्थललाई अतिसंवेदनशील मानिएको छ भने ४० संवेदनशील र १२ सामान्य रहेको बताइएको छ । सुरक्षा संवदेनशीलतालाई मध्यनजर गर्दै रोल्पामा चार सय ५० जना नेपाली सेना, चार सय ९९ जना नेपाल प्रहरी, तीन सय ११ जना सशस्त्र प्रहरी र आठ सय ३३ जना म्यादी प्रहरी परिचालन गरिएको छ । 

रोल्पामा ७१ हजार नाै सय ३४ पुरुष र ७३ हजार पाँच सय १० महिला गरेर एक लाख ४५ हजार चार सय ४४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा पुरुष मतदाताभन्दा एक हजार पाँच सय ७६ महिला मतदाता बढी छन् । रोल्पामा स्वतन्त्रसहित एक हजार एक सय ३० उम्मेदवार चुनावी मैदानमा छन् ।
 

ad
ad
ad
ad