१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २७ मंगलबार ०७:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयरको मूल्य धेरै नै घटेकाले खरिददारहरू हाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २७ मंगलबार ०७:४५:००

सोमबार सेयर बजारमा नेप्से परिसूचक १२ दशमलव २७ अंकले बढेर दुई हजार दुई सय ६८ दशमलव ८४ बिन्दुमा पुगेको छ । आइतबारबाट बजार बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । बजार न्यूनतम बिन्दुसम्म ओर्लिएपछि अहिले लगानीकर्ता सक्रिय हुँदा बजारमा सुधार देखिएको हो । बजारमा सुधार आए पनि स्पष्ट दिशा समाउन सकेको छैन । 

सेयरको मूल्य धेरै नै घटेकाले खरिददारहरू हाबी भएका छन् । आइतबार बजार दुई हजार दुई सय पाँच बिन्दुबाट पुनः फर्किएको थियो । बजार अहिले पनि अस्थिर छ, लगानीकर्ता ढुक्क हुन सकेका छैनन् । प्यानिक बनेका लगानीकर्ता आत्तिरहँदा बजार अस्थिर बन्न पुगेको र धैर्यता कायम राख्नुपर्ने लगानीकर्ता तुलसीराम ढकालले बताए ।

यस दिन एक सय १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयर नौ कारोबार दिनसम्म लगातार १० प्रतिशतले सर्किट लाग्दै आएको छ । महुली लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सानिमा लार्ज क्याप फन्डको सेयर मूल्य ५ प्रतिशतदेखि सात दशमलव ७७ प्रतिशतले बढेको छ ।कारोबारमा आएका नौवटा समूहका सूचक बढेका छन् भने चारवटा समूहका सूचक घटेका छन् । ट्रेडिङ समूह र माइक्रो फाइनान्स समूहको सूचक १ प्रतिशतले बढ्दा बाँकी अन्य समूहका सूचक सामान्यले बढेका छन् । त्यस्तै, वाणिज्य बैंक, होटेल तथा पर्यटन समूह, लगानीगत समूह, जीवन बिमा समूहको सूचक सामान्यले घटेका छन् ।

 सोमबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २२ कम्पनीको ३३ लाख २४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । यो अघिल्लो दिनको कारोबारभन्दा सात करोड रुपैयाँले बढी हो । सबैभन्दा बढी कारोबार हुनेमा नेपाल टेलिकम, एनआइसी एसिया बैंक, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट रहेका छन् । यी कम्पनीको सेयर तीन करोड रुपैयाँदेखि सात करोड ८३ लाख रुपैयाँसम्म कारोबार भएको छ ।

हिमालयन ऊर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३ प्रतिशतदेखि तीन दशमलव ७८ प्रतिशतले घटेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स तीन दशमलव १२ अंकले बढेर चार सय ३९ दशमलव ४७ बिन्दुमा पुगेको छ ।