तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेकपा (माले) बाट उपमेयरका उम्मेदवार कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी– ९ ले आयोजना गरेको चुनावी सभामा मालेका उपमेयरका उम्मेदवार शिवप्रसाद लम्साल कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको सदस्यता प्रदान गरेका छन् ।
लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार कृष्णराज पण्डितसहितको गठबन्धन टिमलाई समर्थन गर्ने बताएका छन् ।