नेपालले आज घरेलु मैदानमा जिम्बावे ‘ए’सँगको अन्तिम तथा निर्णायक खेल खैल्दै छ । बिहान ९:३० बजे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले तेस्राे तथा अन्तिम वान डे खेल्न लागेको हो । आजको खेल जितेमा नेपालले वान डे सिरिज आफ्नो पोल्टामा पार्नेछ । नेपालले यसअघिका दुई एकदिवसीय खेलमा एकमा जित र एकमा हार व्यहोरेको छ ।
पहिलो खेलमा नेपाललाई जिम्बावे ‘ए’ले तीन विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालसँग नाै विकेटले पराजित भएको थियो । यसअघि भएको तीन टी–२० सिरिज एक–एकको बराबरीमा सकिएको थियो । आइसिसी पुरुष विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा हुने त्रिकोणात्मक सिरिजको तयारीस्वरूप जिम्बावे ‘ए’सँग अभ्यास गरिरहेको छ ।
अमेरिकामा हुने त्रिकोणात्मक सिरिजमा नेपालसँगै अमेरिका र ओमान रहेका छन् । ९:३० बजे सुरु हुने खेल पिच भिजेका कारण निरीक्षण गरेपछि मात्रै सुरु हुने जनाइएको छ ।