मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख २२ बिहीबार
  • Sunday, 13 July, 2025
२o७९ बैशाख २२ बिहीबार १o:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिभी हेर्न नपाएपछि हजुरआमाको घाँटी थिची हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २२ बिहीबार १o:१८:oo

उदयपुरमा आफ्नै  हजुरआमाको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार त्रियुगा नगरपालिका– १३ बहेडवाकी ६७ वर्षीया सुखनीदेवी चौधरीको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी २४ वर्षीया ममता चौधरी पक्राउ परेकी हुन् ।

आफ्नै  घरमा गत चैत २३ गते मृतक सुखनीदेवीको शव शंकास्पद अवस्थामा भेटिएको थियो । प्रहरीले अनुसन्धान गरेर नातिनी ममतालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शवको पोस्टमार्टम  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । 

प्रहरी नायव उपरीक्षक आचार्यले ममताले रिसइबी (मनमुटाब) का कारण हत्या गरेको बताए । ‘टेलिभिजन हेर्ने क्रममा हजुरआमा र नातिनीबीच कुराकानी हुँदै जाँदा विवाद उत्पन्न भएको थियो,’ उनले भने, ‘नातिनी ममताले मृतक हजुरआमा सुखनीदेवीको छातीमा लात्तीले हानी भुइँमा लडाएर घाँटीमा थिची हत्या गरेको बयान दिएकी छिन् ।’

आचार्यका अनुसार मृतकलाई खाटमा सुताएर भागेको भन्ने सूचनाबाट अनुसन्धान गरी गएको वैशाख १८ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ। ममता मृतक सुखनीदेवीको जेठो छोरो स्वर्गीय राम चौधरीकी छोरी भएको प्रहरीको भनाइ छ ।