भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न भुइँकटर पाएका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले पौडेललाई चुनाव चिह्न ‘भुइँकटर’ प्रदान गरेको हो। कार्यालयले आज शनिबार सबै स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ।