१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १७ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख १७ शनिबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

कांग्रेसका बागी पार्टीबाट स्वत: निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख १७ शनिबार ११:o८:oo

बागी उम्मेदवार बनेका नेता–कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यबाट पनि निष्कासित गरेको छ । त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरू पनि स्वतः पार्टीबाट निष्कासित हुने कांग्रेसले जनाएको छ ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता विधानको व्यवस्थाबमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

यसअघि कांग्रेसले एमालेसँग तालमेल गरेर स्वतन्त्र उम्मेदवार उठाएको भन्दै डडेल्धुराका पूर्वसभापति कर्ण मल्ललाई निष्कासित गरेको थियो । कांग्रेसको विधान, २०१७ को धारा उपधारा ४ (१३) मा ‘कुनै पनि निर्वाचनमा पार्टीले प्रस्तुत गरेको आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवार भएमा वा त्यस्ता विद्रोही उम्मेदवारको प्रस्तावक–समर्थक भएमा पार्टी सदस्यता पार्टी सदस्यता स्वतः निष्कासित हुने’ व्यवस्था छ । 

ad
ad
ad
ad