१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

वसन्तपुरमा फोटो प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:४४:oo

फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटो पत्रकारिता विषयक प्रदर्शनी आयोजना गरेको छ । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा मंगलबार प्रदर्शनी आयोजना गरेको हो । 

प्रर्दशनीमा फोटो पत्रकारले फोटो पत्रकारिता गर्दा भोग्नुपरेका चुनौती र जोखिम झल्काउने ३० फोटा राखिएका छन् । प्रदर्शनीको उद्घाटन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संयुक्त रूपमा गरे । 

सो क्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारजस्तै फोटो पनि सत्य, तथ्य र निष्पक्ष हुुनुपर्ने बताए । सबै पत्रकारले पत्रकारिताको मूल्य–मान्यता र आचारसंहिताअनुसार काम गर्नुपर्ने उनले बताए । उनले फोटो पत्रकारहरूको सुरक्षालाई काउन्सिलले उच्च प्राथमिकतामा राख्ने र जोखिम न्यूनीकरणका लागि क्लबसँग सहकार्य गर्दै काम गर्ने बताए । पत्रकार महासंघका अध्यक्ष पोखरेलले फोटोले पाठकलाई थप आकर्षण र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गरे । पत्रकारिता पेसालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्नेमा उनले जोड दिए । 

फोटो पत्रकार क्लब नेपालका अध्यक्ष श्रुति श्रेष्ठले क्लबले फोटो पत्रकारको पेसागत हकहित र सुरक्षामा काम गर्दै आएको जानकारी दिइन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा काम गर्दा फोटो पत्रकारले भोग्नुपरेका जोखिमलाई समावेश गरेर फोटो प्रदर्शनी गरेको बताइन् । 

ad
ad