१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रदीप र प्रणव क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३८:oo

प्रदीप खड्का र प्रणव खनाल आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले आशिष खड्कालाई ७–६ र ६–२ ले हराउँदै अन्तिम आठको स्थान पक्का गरेका हुन् । प्रणवले क्वार्टरफाइनल स्थान पक्का गर्न सक्षमविक्रम शाहलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । यसैगरी, अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३ र ६–३ ले हराए । 

सौगात विकले निजेज महर्जनलाई ६–० र ६–० ले पाखा लगाए । प्रणव मानन्धरले निशान श्रेष्ठलाई ५–७ र ६–२ र ७–५ को सेटमा निराश पारेका छन् । सन्तोष खत्रीले कुमार जिसीलाई ६–१ र ६–१ को सेटमा पाखा लगाएका छन् । गौरवप्रताप शाहीले प्रमोदबहादुर थापालाई ६–० र ६–० तथा विवेक मगरले मनोज महर्जनलाई ६–० र ६–० को सेटमा हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष एकलमा कमलबहादुर भण्डारी, रोबर्ट जे हान, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सीमान्त गुरुङ पनि अन्तिम आठमा पुगेका छन् । प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष एकलमा चन्द्र शाही, हरिबहादुर बस्नेत, शरण गुरुङ, गोपी भट्टराई, मनोज शाह, रोहित सुनुवार, महेश श्रेष्ठ र विमल गुरुङले क्वार्टरफाइनल यात्रा तय गरे । 

ad
ad