रसुवाको आमाछोदिङमाे गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको मनोनयन दर्तामा गाउँपालिकाको वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएको आमाछोदिङमाे गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलले बताए ।
वडा नम्बर २ को दलित महिला सदस्यमा दिलमाया विक र वडा नम्बर ४ को दलित महिला सदस्यमा गममाया विक निर्विरोध भएको उनले बताए । उनीहरूबाहेक अन्यको उम्मेदवारी नपरेसँगै उनीहरू निर्विरोध निर्वाचित भएको लुइँटेलको भनाइ छ ।