मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख १२ सोमबार १४:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यौन दुराचार आरोपको विषयमा केशव स्थापितले भने– विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १४:o७:oo

एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले आफू विवादमा आउनु कुनै नौलो कुरा नभएको बताएका छन् । सोमबार राष्ट्रिय सभागृहमा महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया जनाउँदै उनले केशव स्थापित विवादको अर्को नाम भएको बताएका हुन् ।

मेरो अरू भनाइ छैन समय–समयमा प्रकरण हुन्छ। समय–समयमा केही इस्युहरू उठ्छ। मजत्तिको व्यक्तित्व इस्यु उठेन भने त केशव स्थापित नै भएन। विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?’ स्थापितले भने, ‘आइरहनुपर्‍याे क्या, मलाई पाँच सय ५० मुद्दा लागेको वेला केशव स्थापितलाई मुद्दा थपिबक्सियोस् भनेर निवेदन हाल्ने मान्छे हो म। त्यति चुनौती बोक्नेलाई कसले के भन्छ भन्नेमा ध्यान हुँदैन।’

स्थापितले ०५४ सालमा आफूले ८४ हजार मत प्राप्त गरेको भन्दै अहिले गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर मत ल्याएर विजयी हुने ठोकुवासमेत गरे । ‘केशव स्थापितले गठबन्धनको डबल भोट ल्याउँछ, लेखेर राख्नोस्,’ उनले भने । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफूले सबै युवा र महिलाको प्रतिनिधित्व गर्ने बताइन्।