मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Friday, 14 August, 2026
२o७९ बैशाख ११ आइतबार १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीको मुक्त कमैया बस्तीमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार १७:५२:oo

कैलालीको कैलारी गाउँपालिका–७ विपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको छ। गहुँको नल जलाउन खेतबारीमा लगाएको आगो बस्तीमा सल्किएको हो। आगो अहिले पनि पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।

करिब ५० घर जलेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शिविरमा ७२ वटा घर छन्। गाउँका भल्मन्सा हिंगुराम चौधरीले अहिले पनि आगलागी पूर्ण रूपमा नियन्त्रणमा नआएको बताए। आगलागीबाट आफ्नो सहित बस्तीका आधाभन्दा बढी घर जलेर नष्ट भएकाे उनले बताए। ‘लुगाकपडा, अन्नपात सबै जलेर नष्ट भयो। हामी अलपत्र पर्यौँ,’ उनले भने, ‘अहिले पनि आगलागी भइरहेको छ। हामी निभाउन लागेका छाैँ। कति घर जले यकिन छैन।’

तीनवटा दमकल, एउटा डोजर तथा नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। धनगढी, टीकापुरबाट दमकल पुगेका छन्। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएपछि मात्र क्षतिको यकिन विवरण थाहा हुने बताए।