१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ९ शुक्रबार o७:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टीका असन्तुष्ट फकाउँदै देउवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार o७:o१:oo

गठबन्धनमा रहेका दलहरूबीच महानगर र उपमहानगरका मेयर–उपमेयरको सिट बाँडफाँड टुंगिएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको असन्तुष्ट पक्षसँग संवाद अगाडि बढाएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले बिहीबार असन्तुष्ट पक्ष र पदाधिकारीलाई बालुवाटार बोलाएर गठबन्धन सफल बनाउन सहयोगका लागि आग्रह गरेका छन् । 

नेता रामचन्द्र पौडेलले गठबन्धनबारे पार्टीमा रहेको असन्तुष्टि सम्बोधन तया उम्मेदवारबारे छलफल गर्न शुक्रबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे सभापति देउवासँग छलफल भएको बताए । ‘पार्टीभित्रका असन्तुष्टि कसरी व्यवस्थापन गर्ने, निर्वाचनमा गठबन्धन कसरी अगाडि बढाउनेलगायतका विषयमा छलफल भयो,’ उनले नयाँ पत्रिकासँग भने, ‘गठबन्धनको निर्णय भइसकेको छ । अब यसलाई कसरी सफल बनाउने भन्ने विषयमा सबैबीच छलफल भयो ।’ 

बैठकमा सभापति देउवाले गठबन्धनको निर्णय भइसकेको अवस्थामा सबैको सहयोग आवश्यक रहेको बताएका थिए । ‘गठबन्धन गरेर जाने निर्णय कार्यान्वयनमा गइसकेको छ । यस्तो अवस्थामा गठबन्धनलाई सफल बनाउन सबैको भूमिका महत्वपूर्ण रहन्छ,’ बैठकमा देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

छलफलमा सभापति देउवा, नेता पौडेल, डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रकाशमान सिंहसहित शीर्ष नेता तथा पदाधिकारी सहभागी थिए । डा. कोइराला र महामन्त्री थापाले कांग्रेस एक्लै लड्नुपर्ने मत राख्दै गठबन्धन बनाएकोमा असन्तुष्टि राख्दै आएका छन् । तर, सभापति देउवा भने लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको भन्दै गठबन्धनलाई बलियो बनाएर जाने पक्षमा छन् ।

उम्मेदवार छान्न कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसले उम्मेदवारका सिफारिसमाथि छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी सम्बन्धमा छलफलका लागि बैठक आह्वान गरेका हुन् । बैठक शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले जानकारी दिए । कांग्रेसमा महानगरपालिकाका मेयर र उपमेयरको अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रलाई छ । विधानमा महानगरपालिका मेयर र उपमेयरको उम्मेदवारीको सिफारिस महानगर कार्यसमितिले गर्ने व्यवस्था रहेको छ ।

सत्तागठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने
सत्तागठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो । महानगर र उमहानगरका मेयर–उपमेयरको पद बाँडफाँड गरेपछि सत्तागठबन्धन चुनावी प्रचारतिर प्रवेश गरेको छ । कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबारको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । १८ वैशाखमा सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ वैशाखमा लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० वैशाखमा प्रदेश १ को विराटनगर र मधेसको जनकपुरमा तथा २२ वैशाखमा बागमतीको काठमाडौंमा चुनावी सभा हुनेछ । सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका प्रदेश संयोजक ६ नेताले सम्बोधन गर्नेछन् ।

ad
ad
ad
ad