मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ८ बिहीबार १८:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आचारसंहिताविपरीतका प्रचार सामग्री उत्पादन नगर्न आयोगको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार १८:o३:oo

आचारसंहिताविपरीतका प्रचार सामग्री उत्पादन तथा बिक्रीवितरण नगर्न उद्योगहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। आयोगले नेपाल उद्योग वाणीज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना र मातहतका उद्योग र संघलाई आचारसंहिताले निषेध गरेका कुनै पनि वस्तु उत्पादन तथा बिक्रीवितरण नगर्न तथा नगराउन निर्देशन दिएको हो। 

‘निर्वाचन आचारसंहिता, २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्रीवितरण तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना, मातहतका उद्योग र संघलाई त्यस किसिमका कुनै पनि सामग्रीहरू उत्पादन नगर्न नगराउनका लागि आयोगले विज्ञप्तिमार्फत अनुरोध गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।