१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ६ मंगलबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ६ मंगलबार २१:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सत्तारुढ पाँचदलीय गठबन्धनले यसरी टुंग्यायो महानगरमा भागबन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ६ मंगलबार २१:४८:oo

सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा महानगरपालिकामा भागबन्डा टुंग्याएको छ । कांग्रेसले तीन तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एक महानगरको मेयर लिने गरी भागबन्डा भएको छ । 

स्रोतका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसको भागमा परेको छ भने भरतपुर माओवादी केन्द्रलाई, पोखरा एकीकृत समाजवादीलाई र वीरगन्ज जसपालाई परेको छ । 

यस्तै, पोखरा, भरतपुर र वीरगन्जको उपमेयर भने कांग्रेसको भागमा परेको छ । काठमाडौंको उपमेयर एकीकृत समाजवादीलाई, ललितपुरको उपमेयर माओवादी केन्द्रलाई र विराटनगरको उपमेयर जसपालाई दिने सहमति भएको छ । 

सहमतिमा हस्ताक्षर गर्न भने बाँकी रहेको छ । महानगरको वडा र उपमहानगरको विषय टुंगो लागेपछि सहमतिमा हस्ताक्षर हुने स्रोतले बताएको छ । सहमतिको खाकामा आन्तरिक छलफल गरेर आजै राति बस्ने गठबन्धनको बैठकले अन्तिम रूप दिने तयारी रहेको छ ।

ad
ad
ad
ad