१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ५ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ५ सोमबार १o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ५ सोमबार १o:o५:oo

नेपाल टेलिकमले सबै सेवाप्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर उपलब्ध गराउने भएको छ ।सोमबारदेखि उपलब्ध हुने अफरमा कम्पनीले पाँच सय ९९ रुपैयाँदेखि एक हजार चार सय ९९ रुपैयाँसम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ ।

अबदेखि नौ सय ९९ र एक हजार चार सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवाप्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ । यी प्याकमा क्रमशः प्रतिदिन दुई जिबी र चार जिबी डेटा तथा प्याक अवधिमा चार सयवटा र एक हजारवटा अल नेट सन्देश पठाउन सकिने सुविधा रहेको जनाइएको छ । 

स्प्रिङ अफरअन्तर्गत कम्पनीको सेवाबाट अन्य सेवाप्रदायकको नेटवर्कमा न्यूनतम महसुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सेवाग्राहीको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरूलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएको कम्पनीको दाबी छ । केही प्याकहरूको मूल्य अझै कम गरिएको जनाइएको छ ।

 कम्पनीका नेटवर्कबाट कुनै पनि नेटवर्कमा पाँच सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक दुई सय ६५ रुपैयाँ र एक हजार दुई सय मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक पाँच सय ५० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यीबाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरू उपलब्ध रहेको जनाइएको छ । 

ad
ad
ad
ad