मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २ शुक्रबार
  • Tuesday, 17 December, 2024
२o७९ बैशाख २ शुक्रबार १६:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २ शुक्रबार १६:३o:oo

वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात गरिएको छ। सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकको संस्थागत श्रम स्वीकृति (पूर्वश्रमस्वीकृति र अन्तिम श्रमस्वीकृति)का लागि अनलाइन प्रणाली लागू गरेको हो।

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरे। शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकहितभन्दाबाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताए।

सरकारले संस्थागत रूपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरूको रोजगारी गुमेको गुनासो आउन थालेको उनले बताए। सरकारले मेनपावरका कर्मचारीलाई बेरोजगार बनाउने उद्देश्यले नभएर राम्रो प्रणालीको सुरु गर्दा यस्तो अवस्था आएको स्पष्ट पारे।

‘सरकारले संस्थागत रूपमा श्रमस्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरूले रोजगारी गुमेको अवस्था भनेर केही कुराहरू आएको थियो। अहिले मन्त्रालयले एउटै कुरा मात्रै जानेको छ। त्यो भनेको श्रमिकहरूको हकहितका लागि कुनै पनि निर्णय श्रमिकहरूको हकहितबाहेक अन्य हेर्दैनौँ । अहिले मेनपावरका प्रतिनिधिहरूलाई रोजगारीको अर्को कामहरू होला। अहिले एकदमै अत्तिहाल्नुपर्दैन। यसलाई सिस्टममा ल्याउँदै गर्दा यस्तो पर्न गएको हो,’ मन्त्री श्रेष्ठले भने।