१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिवाइसी नेपालको आइपिओ बिक्री खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:१७:oo

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता रु १०० अंकित रु. तीन करोड ९५ लाख ३३ हजार ६ सयबराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले कुल निष्कासनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार सा सय ६६ कित्ता सेयर सामूहिक लगानी कोष र जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार चार सय ८८ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। साथै, निष्कासन गरिएको सेयर खरिदका लागि यही वैशाख ६ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनबाट ‘मेरो सेयर’ प्रयोग गरेर आवेदन दिन सक्ने कम्पनीको सूचनामा उल्लेख छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ । रासस

ad
ad