१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

शिवम् सिमेन्टका अध्यक्ष म्यानको निर्विरोध प्रथम उपसभापति चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१७:oo

नेपाल व्यवस्थापन संघ (म्यान) को बुधवार बसेको कार्यकारी वोर्डको बैठकले शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयललाई प्रथम उपसभापति पदमा निर्विरोध निर्वाचित गरेको छ । 

म्यानको काठमाडौंमा सम्पन्न भएको ४१ औं बार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्पmबाट शिवम् सिमेन्ट सहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जनावोर्ड सदस्यमा निर्वाचित भएका थिए । उनिहरू मध्येवाट उपेन्द्र पौड्याल अध्यक्षमा र डा. सुरेन्द्र कुमार गोयल प्रथम उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । 

शिवम् सिमेन्टका संचालक अध्यक्षलाई प्रथम उपाध्यक्षमा निर्विरोध निर्वाचित गराउने सम्पूर्ण सदस्य तथा सरोकार वाला सवैलाई सिवम् सिमेण्टले आभार व्यक्त गरेको जनाइएको छ । यस अघि सन् २०२० मा भएको निर्वाचनमा पनि शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।

ad
ad