१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २८ सोमबार १४:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

१२औँ डी सिने अवार्ड सम्पन्न, पुष्प र केकी उत्कृष्ट घोषित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार १४:४o:oo

१२औँ संस्करणको डी सिने अवार्ड काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ। ०७६ सालभर प्रदर्शनमा आएका फिल्ममध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायकमण्डलले उत्कृष्टलाई छनोट गरेको छ।

शनिबार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक आठ विधामा अवार्ड जित्न सफल भएको छ। यस्तै, ‘मारुनी’ र ‘साङ्लो’ फिल्मले ६ विधामा अवार्ड जितेका छन्। प्रतिस्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरेका थिए। वर्षको उत्कृष्ट फिल्मको अवार्ड मारुनी, निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले जित्न सफल भए। यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड छ माया छपक्कैबाट केकी अधिकारीले जितेकी छिन्।

लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभिता सिंखडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्ममध्येबाट उत्कृष्ट चयन गरेका हुन्। छायाछवि क्रियसनको आयोजनामा हुँदै आएको डी सिने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो।

१२औँ संस्करणको अवार्डमा छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरियो। चलचित्रका प्राविधिकतर्फ उत्कृष्ट छायांकनमा सञ्जय लामा (मारुनी), साउन्ड एडिटरमा किशोर आचार्य (सानो मन), उत्कृष्ट पार्श्व संगीतमा एलिस कार्की (साङ्लो), उत्कृष्ट ध्वनि मिश्रणमा अमित श्रेष्ठ (जात्रै जात्रा) र उत्कृष्ट सम्पादकमा विपिन मल्ल (छ माया छपक्कै)ले अवार्ड प्राप्त गर्न सफल भए।

त्यस्तै, छायाछवि चलचित्रकर्मी रजत सम्मान (पुरुषतर्फ) अभिनेता विजय लामा र छायाछवि चलचित्रकर्मी रजत सम्मान (महिलातर्फ) झरना थापालाई प्रदान गरियो। छायाछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको थियो।

ad
ad
ad
ad