१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २८ सोमबार
  • Friday, 28 June, 2024
रमेश रावल सुर्खेत
२o७८ चैत २८ सोमबार १o:३७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैँसीपालनबाट मासिक लाखौँ आम्दानी

Read Time : > 3 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७८ चैत २८ सोमबार १o:३७:oo

सुर्खेत वीरेन्द्र नगरपालिका–१२, सगरमाथा टोलकी ३२ वर्षीया वसन्तीकुमारी अधिकारी भैँसीपालन व्यवसाय गरेर मासिक लाखौँ कमाउँछिन् । बर्दिया भुरिगाउँ माइतीघर भएकी उनका श्रीमान् नेपाल सैनिकमा जागिरे थिए । श्रीमान्को कमाइले परिवार पाल्न निकै कष्ट थियो । सुर्खेत आएपछि आम्दानीको स्रोत नहुँदा ०६७ सालमा उनले छिमेक लघुवित्त वित्तीय संस्थाबाट १५ हजार ऋण निकालेर दुइटा बाख्रा किनिन् । त्यसपछि बाख्रापालन व्यवसाय छाडेर बंगुरपालन गरिन् । कुखुरापालन गरिन् । कुनैबाट पनि उनी सन्तुष्ट हुन सकिनन् । अहिले भने भैँसीपालन गरेर उनले सोचेजस्तो आम्दानी गरिरहेकी छिन् ।  

दुहुना भैँसी १० वटा र पाडापाडी पनि १० वटा नै उनको गोठमा छन् । ‘मैले छिमेक लघुवित्त संस्थाबाट २७ पटक ऋण कारोबार गरेकी छु,’ उनले भनिन्, ‘अहिले पाँच लाख विनाधितोमा ऋण लिएकी छु । रकम थप्दै भैँसीपालन गरेकी हुँ ।’सहकारीबाट लिएको ऋणले नै घरको छानो तथा बिजुली जडान गरेको उनी सम्झिन्छिन् । ‘मैले विवाह गरेर आउँदा घरको छानो फुसको थियो,’ उनले भनिन्, ‘घरको छानो टिनको बनाएकी छु । यही नै पक्की घरजस्तो लाग्छ ।’

भैँसीपालन व्यवसायमा राम्रो हुँदै गएपछि ०७२ सालमा उनले आफ्ना श्रीमान्लाई जागिर छुटाएर भैँसीपालन व्यवसायमा नै लगाइकी छिन् । ‘विवाह गरेपछि एक छोरी र एक छोरा भए । आम्दानीको गतिलो स्रोत नहुँदा उनीहरूको पढाइमा पनि समस्या थियो । श्रीमान्को तलबबाट मात्र छोराछोरीको पढाइ र घरखर्च धान्न समस्या थियो ।’ उनले भनिन्, ‘कृषि व्यवसाय राम्रो हुँदै गएपछि अहिले मसँगै भैँसीपालनमा सघाउँदै आउनुभएको छ ।’

साना कृषि तथा व्यापार कारोबारमा सघाउने सहकारीको ऋणले आफू यो ठाउँमा आइपुगेको उनी बताउँछिन् । ऋणको कारोबार आफैँ गर्ने र श्रीमान्ले पनि सबै ठाउँमा आफूलाई सघाउने गरेको अधिकारी बताउँछिन् । १० वटा दुहुना भैँसीपालन गरेकी अधिकारीले दैनिक सय लिटरसम्म दूध उत्पादन गरेर नजिकैको गाउँ तथा डेरीमा बिक्री गर्छिन् । यही आम्दानीबाट उनले छोरा र छोरीलाई वीरेन्द्रगरमा नाम चलेका बोर्डिङ स्कुलमा पढाइरहेकी छिन् । ‘यही आम्दानीले छोराछोरीलाई राम्रो स्कुलमा पढाएकी छु,’ उनले भनिन्, ‘यो सबै मेरो मिहिनेत र सहकारीको ऋणको योगदान हो ।’  

अधिकारीले भैँसीपालन व्यवसायबाट आफूले मात्र आम्दानी लिएकी छैनन् । एकजनालाई रोजगारीसमेत दिएकी छिन् । एउटा भैँसीको मूल्य अहिले बजारमा एक लाख ३० हजारसम्म पर्छ । सानो ऋण लिएर पनि संघर्ष गर्दै जाँदा ठूलो व्यवसाय गर्न सकिने उनी बताउँछिन् । ‘मैले पहिलोपटक सहकारीको १५ हजार ऋण लिएर व्यवसाय सुरु गरेकी थिएँ । अहिले सहकारीको पाँच लाख ऋण लिएकी छु,’ उनले भनिन्, ‘अहिले लाखौँको सम्पत्ति जोडेकी छु । लाखौँको आम्दानी पनि लिने गरेकी छु ।’

लगानी बढाउन मात्रै ध्यान  दिँदा खराब कर्जा बढेको हो
लघुवित्तलाई गरिबी निवारणको साधन मानिएको छ ? तपाईंहरूले आफ्नो प्रभाव मूल्यांकन गर्दा के पाउनुहुन्छ ?
 लघुवित्तको मूल उद्देश्य गरिब तथा दुर्गम क्षेत्रमा वित्तीय पहुँच पुर्‍याई गरिबी निवारण गर्नु हो । लघुवित्तहरूले ग्रामीण क्षेत्रका लाखौँ सदस्यहरूलाई ऋण लगानी मात्र नगरी उनीहरूको व्यावसायिक विकास, विस्तारका लागि तालिम दिने, लघुबिमा गरी भैपरी घट्ने घटनाबाट जोगिन व्यवसायको बिमामार्फत सुरक्षित गर्नेजस्ता अतिरिक्त सेवासमेत प्रदान गर्दै आएका छन् । 

आज गाउँ–गाउँमा लघुउद्यमीहरू देख्न पाइन्छ । जो हिजो केही गर्न नसकी बिदेसिन बाध्य भएका थिए । आज उनीहरू स्वदेश फर्की आफ्नो घरको खाना खाई, परिवारसँग बसी कृषि व्यवसाय, माछापालन, कुखुरापालन, पशुपालन, इलेक्ट्रिसिएन, प्लम्बर आदि–इत्यादि कार्य गरी खुसी र सुखी जीवन बिताइरहेका छन् । हाल वाणिज्य बै‌ंक, विकास बैंक, फाइनान्स कम्पनीबाट ऋण लिई उद्यम गर्ने धेरै व्यवसायीहरूले समेत आफ्नो व्यवसायको सुरुवात लघुवित्तबाट कर्जा लिई गरेका थिए । समग्रमा मूल्यांकन गर्ने हो भने लघुवित्तले गरिबी निवारणमा प्रभावकारी भूमिका निर्वाह गरेको देखिन्छ ।   

लघुवित्त क्षेत्रमा कर्जा दोहोरोपनको समस्या पनि निकै छ । त्यसलाई कम गर्न भनेर कर्जा सूचना केन्द्रमा ऋणी अभिलेख राख्ने भनियो । तर, यो पनि प्रभावकारी भइरहेको छैन । किन होला ?
लघुवित्त क्षेत्रमा कर्जा दोहोरोपनको समस्या कम गर्नका लागि कर्जा सूचना केन्द्रको सुरुवात भएको थियो । सुरुका दिनहरूमा धेरै लघुवित्तहरूले त्यस कर्जा सूचना केन्द्रमा सहभागी जनाउन हिचकिचाए । लगानीमा प्रत्यक्ष असर गर्छ भन्ने डरले कर्जा सूचना केन्द्रमा पठाएनन्, तर अहिले सबैजसो लघुवित्तहरूले कर्जाको विवरण पठाउन थालेका छन् । बिस्तारै वाणिज्य बैंकहरूमा जस्तै लघुवित्त क्षेत्रमा पनि कर्जा सूचना केन्द्र प्रभावकारी हुने आशा छ । 

अहिले लघुवित्तको बेसरेट अभ्यासमा ल्याउने प्रयास भइरहेको छ । त्यसले तपाईंहरूलाई ऋण लगानीमा सहज होला ?
लघुवित्तहरूले सदस्यहरूसँग लिने ब्याज चर्काे भयो भन्ने गुनासो धेरै आउँछ । खासमा लघुवित्तहरूको कार्यप्रणाली नबुझ्नेले यस्तो भन्ने हो । लघुवित्तले लिने ब्याज बढी होइन । हामीले लिने कर्जा तथा बचतको ब्याजदरको औसत लागत नै ११ देखि १२ प्रतिशत हुन आउँछ । सञ्चालन तथा कर्मचारी खर्च ३–४ प्रतिशत हुन आउँछ । जसले गर्दा स्प्रेड अहिलेको तरलताको अवस्थामा नेपाल राष्ट्र बैंकले लघुवित्तलाई कर्जामा लिने ब्याजको अप्पर क्याप नै १५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ । यसलाई आधार मान्ने हो भने स्प्रेड १ प्रतिशतभन्दा पनि तल रहेको अवस्था छ । वाणिज्य बै‌ंकहरूले बरु ४ प्रतिशतसम्म स्प्रेड राख्न पाएका छन् । अधिक तरलताको अवस्थामा आर्जित नाफालाई मात्र हेर्नुहुँदैन । अहिलेको अवस्थामा हेर्ने हो भने तरलताको संकटले कतिपय लघुवित्तहरू सञ्चालन गर्न नसक्ने अवस्थामा समेत पुगेका छन् । 

अब कुरा गरौँ, बेस रेटको । केन्द्रीय बैंकले गत वर्षको मंसिर महिनादेखि नै सर्वसाधारणबाट निक्षेप संकलन गर्ने साथै थोक कारोबार गर्ने लघुवित्तलाई बेस रेटको गणना विवरण मागी हेरिरहेको छ । हाल सम्पूर्ण लघुवित्तहरूबाट बेस रेट मासिक रूपमा प्रतिवेदनका माध्यमबाट मागी निरीक्षण गरिरहेको छ । यदि बेस रेटमा निश्चित प्रतिशतसम्मको प्रिमियम लिन सक्ने गरी र अपर सिलिङको प्रतिबन्धन लगाई बेस रेट लागू गरे पक्कै पनि राम्रो हुनेछ र लघुवित्तहरूले बढी ब्याज लिए भन्ने गुनासोसमेत मेटिनेछ ।

कोभिडको प्रभाव लघुवित्तमा देखिएको छ । खराब कर्जा ५० प्रतिशतमाथि भन्ने विवरण पनि आयो । अहिले के छ, यस्तो कर्जाको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? 
  कोभिडले थलिएको उद्यमी तथा व्यवसायी फेरि घाटामा गए । जसले गर्दा बंैक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न सकेनन् । विनाधितोको लगानी भए तापनि सामूहिक जमानी तथा सदस्यहरूको इमानदारिताका कारण लघुवित्तहरूको कर्जा असुलीमा केही सन्तोषजनक देखिए तापनि क्रमशः खराब कर्जा बढ्ने क्रममा छ । कतिपय लघुवित्तले मूल्य–मान्यताविपरीत कर्जा विश्लेषण र सदुपयोगितामा जोड नदिई लगानी बढाउनेतर्फ मात्र ध्यान दिँदा  खराब कर्जा दिन–प्रतिदिन बढ्न गई विकराल बनेको छ ।  त्यसकारण कर्जा लगानी गर्नुपूर्व ऋणीहरूको व्यवसायको अवस्था के–कस्तो छ, किस्ता तिर्न सक्ने क्षमता छ या छैन, पहिले लिएको कर्जा सही सदुपयोग भएको छ या छैन वा व्यवसायमा के कुराले अप्ठ्यारो पारेको छ, सबै कुरा विचार गरेर मात्र कर्जा लगानी गर्ने संस्थाहरूको हकमा भने त्यति आत्तिइहाल्नुपर्ने अवस्था छैन ।
 

ad
ad
ad
ad