![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/local-level-election-Nepal.2022-03-17-05-35-40.jpeg)
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिकामा नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार छनाेट गरेको छ। कांग्रेसले लालझाडीमा प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत टुंग्याएको हो।
कञ्चनपुर कांग्रेसका उपसभापति हरिशचन्द्र रानाले लालझाडीमा मात्रै प्रमुख र उपप्रमुखका उम्मेदवार सर्वसम्मत छनाेट गरिएको जानकारी दिए। ‘नौ पालिका रहेको जिल्लामा लालझाडीमा मात्रै प्रमुख र उपप्रमुख सर्वसम्मत छनाेट गरिएका छन्,’ उनले भने, ‘बाँकी पालिमामा आकांक्षी बढी देखिएका छन्।’
कांग्रेसबाट प्रमुखमा श्रीकृष्ण राना र उपप्रमुखमा राधा राना छनाेट भएका छन्। कांग्रेसले लालझाडीमा उपप्रमुख दोहोर्याएको छ। यसअघि पनि राधा उपप्रमुखमा लडेकी थिइन्।