सर्वोच्च अदालतले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउने भएको छ। सर्वोच्चले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन बुझाउन लागेको हो।
सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार दिउँसो १ बजे राष्ट्रपति भवन शीतलनिवासमा पुगेर प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।