१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँछु : मन्त्री बन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:४३:oo

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले संक्रमणकालीन न्यायलाई टुंग्याउने बताएका छन्। मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री बन्दीले अन्तरिम संविधानले अगाडि सारेका ऐन, कानुनहरू सम्पन्न गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने बताए। 

‘अन्तरिम संविधानले अगाडि सारेका कुराहरूमध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरू बाँकी रहेको र त्यसलाई टुंग्याउने जिम्मेवारी पाएको छु,’ बन्दीले भने। 

मन्त्री बन्दीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरू सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा प्रतिपादित भएका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनका व्यवस्थाहरू, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा अघि सारेका प्रस्तावनाहरूलगायतका कुरालाई हेरी कानुन संशोधन गरेर अघि बढ्नुपर्ने बताए।

‘हिजो म फरक भूमिकामा थिएँ। आज राज्यको तर्फबाट ती कामहरू पूरा गर्ने जिम्मेवारीमा पुगेको छु। मन्त्रालयले गर्न सक्ने कुरा हामी गर्दछौँ। अन्तरिम संविधानले अगाडि सारेका कुराहरूमध्ये संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरू बाँकी थिए। त्यसलाई सम्पन्न गर्ने दायित्व राज्यको हो,’ उनले भने। 

ad
ad