१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १८ शुक्रबार १८:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा घोडेजात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार १८:१३:oo

घोडेजात्राको अवसमा सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम गरिएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको छ। उक्त समारोह राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो। सो अवसरमा राष्ट्रपति भण्डारीले म्युजिकल राइडरमा प्रथम र द्वितीय हुने क्रमशः उपसेनानी श्रीमद सिल्वाल र सहसेनानी प्रवीण लामिछाने तथा साे–जम्पका प्रथम लीलाराज खड्का र द्वितीय प्युठ रोशनकुमार श्रेष्ठलाई पुरस्कार प्रदान गरिन्। 

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाण सैनिक मञ्च पुगेका थिए। सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत राइडर पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड, साइकल दौड, साे–जम्प, ड्रिल राइड, क्रस टेन्ड पेगिङ, लान्स, क्रिज र सुइरो, घोडा लडाउने र कुदिरहेको घोडाबाट चढ्ने र ओर्लने, म्युजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोस्ट र सामूहिक जम्प प्रदर्शन गरियो।    

कार्यक्रममा कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक क्रियाकलाप र कलासमेत प्रदर्शनी गरिएको थियो। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको घटना र भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ। गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोचअनुरूप घोडोजात्रा आयोजना गरिँदै आएको भनिएको छ। घोडेजात्राका परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्राको दिन घोडा र कुकुरका विभिन्न कौशलपूर्ण एवं रोमाञ्चक क्रियाकलाप प्रदर्शनीको व्यवस्थापन गर्दै आएको छ।

तस्बिरहरू : दीपेन्द्र ढुंगाना