१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका वासिङ्टन
२o८१ बैशाख २२ शनिबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रुस–युक्रेन युद्ध : अमेरिकी रणनीतिक भण्डारबाट अत्यधिक तेल निकाल्न बाइडेनको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:oo:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूस–युक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन्।

आउँदो छ महिनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च १८ करोड ब्यारलसम्म तेल निकालिने अमेरिकी प्रशासनले जनाएको छ। यद्यपि दैनिक १० लाख ब्यारलको दरमा तेल निकालेर ऊर्जा संकट समाधान नहुने विश्लेषकहरूले बताएका छन्। यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने विश्लेषकहरूले बताइएका बिबिसीले उल्लेख गरेको छ।

यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि तेल संकट समाधानको एउटा सामान्य पहलस्वरूप बाइडेनले पछिल्लो कदम चालेका हुन्। रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता भएको र रूसबाट तेल खरिदमा प्रतिबन्धको घोषणा गरेसँगै अमेरिका, युरोपलगायत विश्व बजारमा तेलको अभाव देखिएको छ। तेलको उच्च मागका कारण मूल्यसमेत वृद्धि भएको छ।

यद्यपि कतिपय अमेरिकी सञ्चारमाध्यमले बाइडनको घोषणालगत्तै बजार मूल्यमा केही प्रभाव परेको बताएका छन्। ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ। रासस/एएफपी

ad
ad