Skip This
कर्णाली करिडोर खण्डमा मनपरी भाडा असुल्दै यातायात व्यवसायी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Monday, 15 September, 2025
२o७८ चैत १८ शुक्रबार १४:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली करिडोर खण्डमा मनपरी भाडा असुल्दै यातायात व्यवसायी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार १४:oo:oo

कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला क्षेत्रमा यातायात व्यवसायीहरूले मनपरी भाडा असुल्ने गरेका छन्। यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेपछि हुम्लाबाट नेपालगन्ज, सुर्खेत, हुम्लालगायतका क्षेत्रमा आवतजावत गर्ने यात्रुहरू मारमा पर्दै आएका छन्।

जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायीहरूले सवारी भाडादर तोके पनि कार्यान्वयन नहुँदा नागरिकले सास्ती भोग्दै आएका छन्। प्रशासन र व्यवसायीबीच अदानचुलीको गल्फागाडदेखि श्रीनगर बजारसम्म ८० रुपैयाँ, ताजाकोटको कबाडीदेखि मैलाको छप्रेलासम्म ८८ रुपैयाँ, ताजाकोटको सिरुपाटादेखि गोठेलवाडासम्म ८८ रुपैयाँ, लयाटादेखि काडागाउँसम्म ५६ रुपैयाँ र छप्रेलादेखि नैकालासम्म ३२ रुपैयाँ भाडादर कायम गर्ने सहमति भएको थियो।

जैरको खच्चादेखि भुज्माधारासम्म ४० रुपैयाँ, चंखेलीको सल्लीसल्लादेखि मैला कबाडी तीन सय तीन सय १२ रुपैयाँ र सरिसल्लादेखि पिप्पलाङ ४० रुपैयाँ, लोतीदेखि मुगुको सिमानासम्म दुई सय १६ रुपैयाँ, सरिसल्लादेखि सर्केगाडसम्म ८० रुपैयाँ तोकिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ।

यस्तै, खार्पुनाथ–खर्पेलगाउ ६० रुपैयाँ, खार्पुनाथ–बोक्चेगौडा ४० रुपैयाँ, खार्पुनाथ–सिमकोट १२० रुपैयाँ, सिमकोट–लिमाटाङ–रलिग एक सय ५० रुपैयाँ, सिमकोट–बरागाउँ–ठेहे–दोजाम दुई सय २० रुपैयाँ, सिमकोट–हेप्का १० रुपैयाँ तोकिएको छ। उत्तरी नाम्खा गाउँपालिका सल्ली–लिमी पाँच सय ५० रुपैयाँ, ट्याक्ची–हल्जी एक सय ५० रुपैयाँ, सिमकोट–हिल्सा नाै सय ५० रुपैयाँ, सिमकोट–औलधिगा एक सय ५० रुपैयाँ, सिमकोट–लेखधिगा दुई सय २० रुपैयाँ, सिमकोट–लेगधिगा–लिमिलाप्चा नाै सय रुपैयाँ कायम गरिएको छ।

भाडादर तोकिएसँगै व्यवसायीले मनपरी भाडा असुल्ने क्रम रोकिने अपेक्षा गरे पनि यात्रुहरू अझै बढी भाडा तिर्न बाध्य छन्। सल्लीसल्लादेखि पैमासम्म व्यवसायीले दोब्बरदेखि एक हजारसम्म असुल्ने गरेका सर्केगार्ड गाउँपालिका– ८ का रंगमल रोकायाले गुनासो गरे। यस्तै, सल्लीसल्लादेखि बाजुराको पिलुचौरसम्म ५८ किलोमिटर दूरीको भाडासमेत एक हजार ६ सयसम्म असुल्ने गरेका छन्। चर्को भाडा असुलीको विरोध गर्दा आफूहरूमाथि सवारीचालक र सहचालकले दुर्व्यवहारसमेत गर्ने गरेका यात्रुहरूले बताएका छन्।