Skip This
क्रान्तिकारी शक्तिलाई एकताबद्ध गराउन गाउँ पुग्नुपर्छ : विप्लव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Sunday, 07 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १७ बिहीबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

क्रान्तिकारी शक्तिलाई एकताबद्ध गराउन गाउँ पुग्नुपर्छ : विप्लव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १७:४६:oo

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसिसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलामा विप्लवले एमसिसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् । 

उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीबीच ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफूहरू प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए । उनले एमसिसीको पक्षधरहरूलाई दलाल पुँजीपति वर्गको संज्ञा दिदैँ उनीहरूविरुद्धको लडाइँलाई गाउँसम्म पुर्याउनुपर्ने बताए ।

उनले भने, ‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ । एउटा ध्रुवीकरण चलिरहेको छ । राष्ट्रघात गर्ने मान्छेहरू अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ । प्रयोग भइरहेको छ । देशभक्त र देशघातीहरूको बीचमा, राष्ट्रवादी र राष्ट्रघातीहरूको बीचमा, दलाल र स्वाभिमानी नागरिकको बीचमा ध्रुवीकरण हुँदै छ । यो प्रक्रियालाई हामीले तीव्रता दिनुपर्छ । हामीले गाउँ–गाउँसम्म पुर्याउनुपर्छ ।’

उनले एमसिसी सम्झौतालाई संसद्को स्वीकृति र कुनै कानुनी मान्यताले लागू गर्न नसकिने बताए । कसैको आत्मसर्मपणले नेपालमा एमसिसी लागू हुन नसक्ने उनको भनाइ छ । 
उनले नेपालको संसद् र संसदवादी दलहरू नेपाली स्वाधीनता जोगाउन असफल भएको पनि बताए । नेपाली जनताको आकांक्षा पूरा गर्ने जिम्मा कम्युनिस्ट, क्रान्तिकारीहरूको काँधमा आएको उनको भनाइ छ ।

ad
ad
ad
ad