१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १७ बिहीबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

राउन्ड टेबल नेपालले निर्माण  गरेको कक्षाकोठा हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १o:५o:oo

वीरगन्जको छपकैयामा रहेको ताराचन्द किसनलाल आधारभूत विद्यालयलाई राउन्ड टेबल नेपालले चारवटा कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । विद्यालयको भवनमा भएको कार्यक्रममा राउन्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष आनन्द बाहेतीले सुविधासम्पन्न चारवटा कक्षाकोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन् । 

राउन्ड टेबल आठका अध्यक्ष दिपल खन्ना र राउन्ड टेबल १३ का अध्यक्ष चिराग अग्रवालको संयुक्त अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा कक्षाकोठा हस्तान्तरण गरेको जनाइएको छ । तीन महिना पहिला विद्यालयमा २६ लाख रुपैयाँबराबरको भौतिक पूर्वाधार निर्माण गर्ने आयोजनाअन्तर्गत चारवटा कक्षाकोठा र सोका लागि कुर्सी, टेबल, कालोपाटीलगायतका सामग्रीसहित हस्तान्तरण गरेको संस्थाले जनाएको छ । 

गैरनाफामूलक संस्था राउन्ड टेबल नेपालले देशका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक काम गरिरहेको जनाइएको छ । अहिलेसम्म राउन्ड टेबल नेपालले तीन सय ४८ वटा कक्षाकोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको संस्थाले जनाएको छ । 

ad
ad
ad
ad