टिपरको ठक्करबाट एकको मृत्यु

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

नेपालगन्जस्थित  राँझा एयरपोर्ट चोकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हुम्लाको सिमकोट गाउँपालिका–  २ ठेहे घर भएका  ७० वर्षीय वीरबली भण्डारी रहेका छन् । 

 कोहलपुरबाट  नेपालगन्जतर्फ जाँदै गरेको भे.१क ६५७ नम्बरकाे  टिपरले भण्डारीलाई ठक्कर दिएको कोहलपुर प्रहरीले जनाएको छ । भण्डारीको मृत्युपछि मृतकका आफन्तले नेपालगन्ज राँझा चोकमा धर्ना दिएका छन् । मृतकको शव पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको छ  । 

See More On

सुझावित समाचार