Skip This
चीनमा  दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Friday, 20 September, 2024
२o७८ चैत १३ आइतबार १६:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनमा  दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार १६:१५:oo

चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रुबाहक विमानमा रहेका सबै एक सय ३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। घटनालगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्ताहरू परिचालन गरिए पनि विमानको ‘ब्ल्याकबक्स’ मात्रै फेला परेको छ।

चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ क्षेत्रमा बेपत्ता भएको थियो। घटना भएको छैटौँ दिन शनिबार उद्धारकर्ताले घटनामा परेका सबै यात्रुकाे मृत्यु भएको घोषणा गरेका हुन्।

‘बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ। कोही पनि जीवितै भेट्न सकिएको छैन। यो अत्यन्त दुःखद खबर हो,’ चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जियाङले भने। घटनामा परी मृत्यु भएकामध्ये एक सय २३ जना यात्रु र नौजना चालक दलका सदस्य रहेको पनि उनले स्पष्ट पारे।
  
घटनास्थलमा खोजी तथा उद्धारका लागि चिनियाँ कम्युनिस्ट पार्टी र राज्य परिषद्को सिफारिसमा अग्नि नियन्त्रक, सशस्त्र प्रहरी, सैन्य अधिकारी, सार्वजनिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवकहरूलगायत खटिएका थिए। घटनामा मृत्यु भएकामध्ये एक सय २० जनाको डिएनए परीक्षण गरी पहिचान भइसकेको पनि अधिकारीहरूले जानकारी दिएका छन्।

दक्षिण–पश्चिमी चिनियाँ प्रान्त युनानको राजधानी कुन्मिङदेखि गुन्डोङ प्रान्तको राजधानी गोन्झाउतर्फ जाँदै गरेको वेला विमान बेपत्ता भएको हो। स्थानीय समयअनुसार सोमबार दिउसो २:३८ बजे विमान बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्। रासस/सिन्ह्वा