१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ११ शुक्रबार
  • Friday, 05 July, 2024
२o७८ चैत ११ शुक्रबार २१:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गुडिरहेको बसमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ११ शुक्रबार २१:३४:oo

कालीकोटबाट काठमाडौंका लागि छुटेको ना८ख २३५६ नम्बरको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रूपले नष्ट भएको छ । बस शुक्रबार बिहान ७ :३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो । 

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेकाे बस गुडिरहेको अवस्थामा बराहताल गाउँपालिका–८ सुर्खेत ओदालतालमा दिउँसाे ३ : ४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । 

तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । बसचालक सुरेन्द्र थापाले ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही पड्किएको जस्तो आवाज आएको बताए । 

तस्बिर : रासस

    

ad
ad
ad
ad