१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्याब्सनको अध्यक्षमा डिके ढुंगाना चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o३:oo

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को अध्यक्षमा डिके ढुंगाना चयन भएका छन् । बुधबार र बिहीबार भएको १५औँ राष्ट्रिय महाधिवेशनबाट ढुंगानाको अध्यक्षतामा २५ उपाध्यक्षसहित ८९ सदस्यीय कार्यसमिति चयन भएको हो । महासचिवमा आरबी कटवाल र कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने निर्वाचित भएका छन् । 

ढुंगानाले शिक्षा क्षेत्रको विकासका लागि नीतिगत सवालमा लबिङ गर्ने बताए । अब संघीय ऐन आउन लागेको र त्यसमा निजी क्षेत्रको भूमिकाका लागि पहल गर्ने उनको भनाइ छ । शिक्षकको वृत्तिविकास, कक्षाकोठा राम्रो बनाउने, विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक विकासका कार्यक्रम ल्याउने ढुंगानाले बताए ।

महाधिवेशनबाट आगामी तीनवर्षे कार्यकालका लागि २७ पदाधिकारी र ३९ जना सदस्य रहने गरी ६६ जनाको कार्यसमिति चयन गर्ने बताइए पनि सर्वसम्मतिका लागि संख्या बढाएर ८९ सदस्यीय पुगेको छ । पाँच हजार साधारण सदस्य विद्यालय रहेको प्याब्सन महाधिवेशनमा देशभरबाट दुई हजार दुई सय ४६ प्रतिनिधि सहभागी भएका थिए । 

ad
ad