१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १५:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘चोभार सुक्खा बन्दरगाह चैतभित्रै सञ्चालनमा आउने’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:o३:oo

काठमाडौंको चोभारमा रहेको सुक्खा बन्दरगाह चैत महिनाभित्रै सञ्चालनमा आउने भएको छ। असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुक्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि चैतभित्रै सञ्चालनमा आउन लागेको हो।

बिहीबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाह चैत महिनाभित्रै सञ्चालन हुने बताए। समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उनले बताए।

उनले भने, ‘निर्माण सम्पन्न त गत असारमै भएको हो। अब यहाँ जुन सरोकारवाला निकाय छौँ, हामी इन्टरमोडेल यातायात विकास समिति, भन्सार विभाग, क्वारेन्टिन, अब हाम्रो तयारी सकिएको छ। चाँडै उद्घाटन गरेर सञ्चालन गर्ने हिसाबले कामलाई तीव्रता दिइराखेका छौँ।’

यस सुक्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरूलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने अध्यक्ष गजुरेलले बताए। भन्सार प्रक्रियाको सहजीकरण सुक्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उनले उल्लेख गरे।

उनका अनुसार सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाएर जिपिएस सिस्टम जडान गरेर पठाउनेछ। यसरी सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरू सुक्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुने उनले स्पष्ट पारे।

गजुरेलले नेपालगन्ज र रसुवाको टिमुरेमा पनि सुक्खा बन्दरगाह निर्माण भइरहेको तथा मुस्ताङ र कञ्चनपुरमा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको जानकारी दिए। हाल वीरगन्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुक्खा बन्दरगाह सञ्चालनमा छन्।

ad
ad